माघ २३, काठमाडौँ । मीनभवन
क्याम्पसमा ढुङ्गा हानाहान भको छ । नेपाल विद्यार्थी संघका संस्थापन र इतर पक्षका दुई
समूहबीच ढुङ्गा हानाहान भएको हो।
दुई समूहबीच झगडा हुँदा ठूलो
संख्यामा प्रहरी परिचालन गरिएको छ ।
काठमाडौंका एसपी दिनेश मैनालीले भने ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं, जिल्ला प्रहरी परिसर, स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’
विद्यार्थी नेता धर्मराज शाहीले दिएको जानकारी अनुसार विद्यार्थीहरुले मीनभवन क्याम्पसमा राखेको भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति सृजना भएको हो ।