Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बाघको आक्रमणबाट दिदी बहिनीको मृत्यु।

बाघको आक्रमणबाट दिदी बहिनीको मृत्यु।

  •   ४ वर्ष अघि | ६ चैत्र २०७९, सोमवार

चैत ६, बर्दिया। बर्दियामा सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको बाघको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले मधुवन नगरपालिका-५  की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको बताएका छन।

उनीहरू दुबै दिदी-बहिनी हुन्। उनीहरू आज बिहान स्थानीय चिरौटे सामुदायिक वनमा घाँस दाउरा काट्न भनेर गएका थिए।

परिवारका सदस्यले दिएको जनाकारी अनुसार उनीहरू आज बिहान साढे ११ बजेतिर घरबाट चिरौटे सामुदायिक वन तर्फ निस्किएका थिए।  

लामो समयसम्म घर नर्फिएपछि सुरूमा स्थानीय खोजीमा गएका थिए। ३ बजे तिर प्रहरीलाई सुचना भएपछी प्रहरी, स्थानीय र वनका पदाधिकारी खोजीमा गएका थिए। खोजी गर्दै जाने क्रममा सुरूमा समुद्राको शव फेला परेको थियो र त्यसपछी धनसरीको शव फेला परेको एसपी शाहीले बताएका छन।

समुद्राको घाँटीमा बाघले आक्रमण गरेको पञ्जा देखिए पनि उनको शरिरको अन्य भागमा कुनै चोट पटक लागेको देखिएको छैन र  धनसरीको बाँया पट्टीको हात पाखुरादेखि कुहिनासम्म बाघले खाएको अवस्थामा भेटिएको थियो।

दुबै दिदिबहीनीको शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ।

  • न्युज बहार संवाददाता

थप