माघ २५, काठमाडौँ । हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार
अपरान्ह करिब ४ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र
कार्कीले जानकारी दिएका छन।
एसपीका
अनुसार २०-३० जनाको भारतीय समूहले आएर केही राउन्ड गोली प्रहार गरेको हो।
गाईवस्तुहरू
कोशी पारी हराउन थालेपछि स्थानीयले भारतबाट एक जना पुरूषलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर स्थानीय
महेन्द्र पासवानको घरमा राखिएको थियो।
भारतीय
पक्षले आफ्ना मान्छेलाई समातेर लगेको भनेर समूहमा आई गोली चलाएको कार्कीले बताए।
जावेदलाई
फिर्ता लग्ने क्रममा उक्त समूहले केही राउन्ड गोली फायर गरेको उनले बताए।
‘सामान्य
चोट लागेको छ। घरमै बस्छु भन्नुभएको छ,’ गोलीको छर्रा लागेर पासवानको
खुट्टामा सामान्य चोट लागेको छ।
उनले
भने। प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्टबाट घटनास्थल टाढा भएको पनि
उनले बताएका छन।