जेठ १६, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत रहेको तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारको चोकमा रहेको शहीदगेट आज भत्काइएको छ । आज बिहान पृथ्वीराजमार्ग विस्तारको काम गर्नको लागि उक्त शहीदगेट भत्काइएको हो ।
इञ्जीनियर विष्णुप्रसाद पाण्डेले मुग्लिन–पोखरा सडक योजना पुर्वी खण्डले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त शहीदगेट भत्काएको जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता