चैत
१६, काठमाडौँ। यस वर्ष हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा
भएको छ।
एसइई
भोलि शुक्रवार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका
अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन।
महाश्रम
शर्माले भने ‘परीक्षाको
सबै तयारी पूरा भइसकेको छ, ७७ वटै
जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ, परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न
गराउन सबैमा आह्वान गर्दछौं।’
उनले सबै
परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउने
लगायतका सबै काम सकिएको जानकारी पनि दिएका छन।
यस वर्ष नौलो कुरा के छ भने राष्ट्रिय परीक्षा बोर्डले जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ।
जापानमा पनि एसइई परीक्षा केन्द्र कायम भएपछी नेपालबाट
रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा
दिने भएका छन।
- न्युज बहार संवाददाता