माघ २२, काठमडौँ।शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल मात्र भए पछी निर्णायक कुनै निर्णय गर्न नसकेको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताएका छन। त्यसैले रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक भनिएको बैठक आज फेरी बस्दैछ । सरकारमा सहभागिताबारे आवश्यक निर्णय गर्नको लागि आज बिहान साढे ११ बजे बैठक बस्ने गरि हिजोको आकस्मिक बैठक सकिएको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताएका छन।
रास्वपाको
बैठक शनिबार
राति साढे ८ बजेदेखि पार्टी कार्यालय बसुन्धरामा बसेको थियो। शनिबार पार्टी कार्यालयमा केन्द्रीय
समिति र संसदीय दलको संयुक्त बैठक बसेको हो । पार्टीले सरकारलाई दिएको दुई दिनको
समय सकिन लाग्दा बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भएपछी आइतबार फेरी बैठक
बस्नेगरी स्थगित भएको हो । रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने
त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले शनिबार रास्वपालाई गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट प्रस्ताव गरेका राखेका थिए। रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार एमाले अध्यक्ष ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए। छलफलमा दुबै नेताहरुले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको अरु मन्त्रालय लिन पनि भनेको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका थिए।
तत्कालै सरकारबाट बाहिरिनुभन्दा सरकारमै रहनु आफ्नो पार्टीका लागि राम्रो हुने आवाज पार्टी भित्रबाट बहुमत सदस्यको रहेकाले रविले सुरुमा आफू निकटकासँग आन्तरिक छलफल गरेका थिए । त्यसपछि शनिबार अबेरसम्म बैठक बसेपनि कुनै निष्कर्ष भने भने आउन सकेन ।