Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन सर्लाही जिल्ला अदालतको आदेश

  •   ३ वर्ष अघि | २६ पुस २०८०, बिहिबार

पुस २६, काठमाडौँ । सर्लाही जिल्ला अदालतले  तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई  पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। 

स्रेस्तेदार सदन अधिकारीका अनुसार बिहीबार सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । 

स्रेस्तेदार सदन अधिकारीका अनुसार बिहीबार सात जना वकिलहरूले बहस गरेका गरेकोमा प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन। आज अदालतमा बमजनले १२-१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।

२०७६ माघ २३ गते बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो भने उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाटै पक्राउ गरिएको थियो।

  • न्युज बहार संवाददाता

थप