Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बालाजु घटनामा दुई डिएसपीलाइ कारबाहीको सिफारिस ।

घटनाको छानबिन गर्न गठित भएको समितिले प्रतिवेदन बुझाएको छ ।

  •   ४ वर्ष अघि | ८ फाल्गुन २०७९, सोमवार

फागुन ८, काठमाडौं । गत सोमबार यातायात व्यवसायीले बालाजुमा गरेको प्रदर्शन उग्र बनेर क्षति भएको घटनामा छानबिन गर्न गठित भएको समितिले प्रतिवेदन छानबिन सकेर प्रतिवेदन बुझाएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहोनीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वको ५ सदस्यीय छानबिन समितिले प्रतिवेदन बुझाएको हो।

एक सदस्यले प्रतिवेदनमा यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे उल्लेख गरिएको बताएका छन त्यस्तै घटनाक्रमको विश्लेषणसहित दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई विभागीय कारबाही गर्न समेत सिफारिस गरिएको ती सदस्यले बताएका छन ।

उनका अनुसार प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई, प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई कारबाहीको सिफारिस गरिएको छ । दुवैको जिम्मेवारी निर्वाह चित्तबुझ्दो नभएको छानबिन समितिको ठहर छ । विष्टलाई उपत्यका प्रहरी कार्यालयले सोमबारै जिम्मेवारीबाट हटाइसकेको छ।

थप