बैशाख
२३, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख
२०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुरमा दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको
मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज
मैनालीले जानकारी दिएका छन ।
मृत्यु
हुने प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक
प्राध्यापक हुन् ।
- न्युज बहार संवाददाता