Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने

  •   ३ वर्ष अघि | ७ माघ २०८०, आइतवार

माघ ७, काठमाडौँ । ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने प्रेस काउन्सिल नेपालले जनाएको छ । आइतबार जारी गरेको सूचनाअनुसार काउन्सिलले ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको हो । एक ल्यापटप बराबर ४० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । 

यसैगरी ३० देखि ४० प्रतिशत अनुदान ६ वटा क्यामरा खरिदमा दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ ।

मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार काउन्सिलले आर्थिक वर्ष २०८००८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो ।  

काउन्सिलका अनुसार यस्तै एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने जानाएको छ । एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिने काउन्सिले जनाएको छ । काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने सुचना जारी गर्दै दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप