Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सिंहदरबार र आसपासका क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने (सुचना सहित)

  •   ३ वर्ष अघि | १७ कार्तिक २०८०, शुक्रबार

कार्तिक १७, काठमाडौँ । शनिबार बिहान सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


  • न्युज बहार संवाददाता

थप