चैत २८, काठमाडौँ। सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज मंगलबार
बिहान देखि नै ह्याक भएको छ।
सशस्त्र
प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले आज मंगलबार बिहानदेखि पेजमा
समस्या आइरहेको जानकारी दिएका छन।
उक्त फेसबुक पेजबाट अनधिकृत रूपमा फेसबुक पोष्टहरु समेत भएको छ। डिएसपी थापाले अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको बताएका छन।
उनले भने, ‘एक्कासी बिहानदेखि समस्या आयो, प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ, कसरी यस्तो भयो भनेर अध्ययन गरिरहेको छ।’
- न्युज बहार संवाददाता