फागुन २१, ओखलढुंगा। ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ दियालेमा
आइतबार बिहानै एउटा यात्रुबहाक बोलेरो जिप दुर्घटना भएको छ। यात्रुबहाक बोलेरो जिप
दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
घटनास्थलमा
रहेका व्यक्तीका अनुसार ओखलढुंगाको सदरमुकाम तर्फ जाँदै गरेको ना १ ज ८४७३ नम्बरको
जिपमा १३ जना सवार रहेका थिए।
घटनामा
परी ओखलढुंगाको
चिसंखुगढी नगरपालिका-३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको घटना
स्थलमै मृत्यु भएको हो।
दुर्घटनामा
परेका अन्य घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।
- न्युज बहार संवाददाता