साउन २३, रोल्पा । रोल्पामा एक यात्रुबाहाक बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
दाङको घोराहीका लागि रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट छुटेको ना ख २६१२ नम्वरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले दुर्घटनामा परि ४ जनाको मृत्यु भएको जानकारी दिएका छन
सडकदेखि करिब १५० मिटर तल खसेको बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । प्रहरीले उक्त बसमा १९ जना यात्रू सवार रहेको जनाएको छ । घाइतेहरुको अहिले उद्धार गरि उपचारका लागी दाङ पठाइएको छ ।
- न्युज बहार संवाददाता