चैत
६, दाङ। बिरामी आफन्त भेट्न दाङ आउँदै गरेका प्युठानका एक व्यक्तिको मोटरसाइकल
दुर्घटनामा परी बाटोमै मृत्यु भएको छ भने उनका श्रीमती र छोरी गम्भीर घाइते भएका
छन।
प्रहरीले
प्युठान, नौबहिनी
गाँउपालिका वडा नम्बर ६
का ३२ वर्षीय राजन केसीको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको जनाएको छ।
डिएसपी
तथा जिल्ला प्रहरी प्रवक्ता राजन गौतमले राजनकी श्रीमती २६ वर्षीया सन्ध्या केसी र
२ वर्षीया छोरीको अवस्था गम्भीर रहेको बताएका छन। उनीहरू दुवै अचेत छन्। उनीहरूको
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
उनीहरू
दाङमा एक जना बिरामी आफन्तलाई भेट्न भनेर घोराहीतर्फ आइरहेको थिए। छोरीलाई
मोटरसाइकलको बीचमा राखेर यात्रा गरिरहेका उनीहरूलाई कुखुरा बोक्ने मिनी ट्रकले
ठक्कर दिएको थियो।
- न्युज बहार संवाददाता