Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एसईई दिएर फर्कने क्रममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, अन्य घाइते।

  •   ४ वर्ष अघि | २७ चैत्र २०७९, सोमवार

चैत २७, कैलाली । एसईईका विद्यार्थी सवार जिप कैलालीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

हिजो आइतबार साँझ करिब ७ बजे कैलाली जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना भएको थियो।

उक्त जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चुरे गाउँपालिका–६  का १८ वर्षीय भानु ठगुन्ना मृत्यु भएको छ। कैलालीका डिएसपी कुलदिप चन्दले उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका छन। 

उक्त दुर्घटनामा परी अन्य १८ वर्षीय सरस्वती धामी, १७ वर्षीय हरिश धामी र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन। डिएसपी चन्दले उनीहरुको उपचार भइरहेको  जानकारी गराएका छन। 

जिल्ला प्रहरीले भने जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

  • न्युज बहार संवाददाता

थप