बैशाख ३, भक्तपुर । माटो ढिस्कोले पुरिँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठकले मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीय नितेश सदा रहेको जानकारी दिएका छन।
आज आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरूटार जाने सडक खण्डमा पर्ने भित्री बस्तीमा नयाँ ढल विस्तारको लागि खाल्डो खन्ने क्रममा दुई जना कामदार पुरिएको खबर प्रहरीले पाएको थियो।
प्रहरी उक्त खबर
पाउनासाथ तत्काल घटनास्थल पुगेर उनीहरूको उद्धार
गरेको थियो। उद्धार
गरि अस्पताल पुर्याएको र नितेश
सदाको उपचारको क्रममा ६ बजे तिर मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइतेको उपचार भइरहेको छ।
- न्युज बहार संवाददाता