असार १४, काठमाडौँ। राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघले आज सरकारको २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय विरुद्ध विरोध प्रदर्शन गरेको छन।
आज बिहीबार बिहान विरोध जनाउँदै उनीहरूले र्याली समेत निकालेका छन।
उनीहरुले बालाजु-कलंकी खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवतजावत प्रभावित भएको छ ।
उनिहरुले '२० वर्षे अवधि खारेज गर' लगायत अन्य केही माग राखेर र्याली निकालेका हुन्।
र्याली कलंकी बाफल चोकबाट निकालिएको हो भने उक्त र्याली चक्रपथ परिक्रमा गर्नेछ।
- न्युज बहार संवाददाता