Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध ।

  •   ३ वर्ष अघि | ५ भदौ २०८०, मङ्लबार

भदौ ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध छ । माथीबाट खसेको सुख्खा पहिरो पन्छाउन अझै पाँच–छ घण्टालाग्ने बताइएको छ ।

नाम्सी पुल नजिकै सोमबार राति करिब ८ बजेतिर पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको थियो । सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको जानकारी दिएका छन । उनले भने “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्न सक्छ।”

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप