असार १६, चितवन।
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः पहिरोले अवरूद्ध भएको छ।
आज बिहान इच्छाकामना गाउँपालिका अन्तरगत वडा नम्बर ५ को तीन किलोमा पुनः पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।
यसअघी बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट सञ्चालनमा आएकोमा फेरी पहिरो खसेपछी सडक अबरोध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टले पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जानकारी दिएका छन।
- न्युज बहार संवाददाता