साउन ३०, मुगु । मुगु जिल्लामा भएको जीप दुर्घटनामा मत्यु हुनेको संख्या ५ पुगेको छ ।
उक्त जिप दुर्घटनामा मुगुको सोरु गाउँपालिकामा वडा नम्बर ७ मा भएको थियो ।
सीप पहिरो नजिक ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । गमगढीका लागी सोरुकोटबाट जाँदै गरेको उक्त जिप सीप पहिरो नजिकैको सडकबाट २ सय मिटरभन्दा तल खस्दा दुर्घटना भएको थियो। घाइतेहरु अहिले उपचार भईरहेको छ ।
- न्युज बहार संवाददाता