फागुन ११, काठमाडौं । शुक्रबार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले शोक विदा दिने निर्णय गरेको छ । त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनमा बुधबार बसेको कार्यकारी परिषद्को बैठकले शोक विदा दिने निर्णय गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ। चूडाराज उप्रेतीको निधन भने फागुन ८ गते भएको थियो ।
शाखा
प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु सञ्चालन
हुने नरोकिने तर त्रिवि केन्द्रिय कार्यालय लगायत त्रिविका सबै आंगिक क्याम्पस तथा
कार्यालयहरु शुक्रबारलाई बन्द हुने जानकारी दिएका छन् ।