असार
२२, सिन्धुपाल्चोक। मेलम्चीमा बाढी आएको छ। अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले दुई
पुलमा क्षति पुर्याएको छ। ह्युमपाइप राखेर बनाइएको दुई पुलमा बढिले क्षति पुर्याएको
हो।
फट्टेका
स्थानीय दशरथ दनुवारले गएराति आएको अविरल वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै
नदीको ह्युमपाइपमा क्षति भएको जानकारी दिएका छन। उनले भने ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था
छैन।’
फट्टेको पुल क्षति हुँदा हेलम्बु गाँउपालिका–२ र ३, मेलम्ची नगरपालिका–७ र ८, तथा
पाँचपोखरी थाङपाल गाउँपालिका–१ र
२ का बासिन्दा प्रभावित भएका छन्। यता इन्द्रावती
नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुने भएको छ।
- न्युज बहार संवाददाता