फागुन
१७, महोत्तरी । महोत्तरीको वन क्षेत्रमा मध्य फागुनमै जताततै डढेलो लाग्न थालेको छ
। डढेलोले स–साना बोट
बिरुवा नष्ट हुन थालेका छ भने यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडैबाट फैलने
खतरा बढेको छ । गौशाला र बर्दिबास नगरपालिका
क्षेत्रका राष्ट्रिय वन धार्मिक वन, साझेदारी वन, र सागरनाथ वन विकास परियोजनाका प्लटमा
तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिएको छ
भने बन सबै डढेलोले ढाकेको अनुमान गर्न सकिन्छ।
बर्दिबास–५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्छन्, “डढेलो लगाउनेहरू कहिल्यै समातिएनन्, डढेलो
बन बोट बरुवा सबै सखाप पारेको छ, डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न सकसिएको
छैन ।”
- न्युज बहार संवाददाता