साउन २०, काठमाडौँ । अहिले सामाखुशी नदीमाथि बनाएको कंक्रिट ढलान सहितको संरचना काठमाडौँ महानगरपालिकाले धमाधम हटाइरहेको छ ।
हाल बसुन्धराबाट रेर्डन क्याम्पससम्म महानगरले सामाखुशी खोला माथि रहेको स्ल्याबहरु रहेको हटाइरहेको हो ।
महानगरले यो हप्ताभित्र स्ल्याबहरु हटाउने कार्य सक्ने गरी काम गरिरहेको छ।
संरचना हटाउने जिम्मेवारीको नेतृत्व लिएका नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्टले भने ‘सामाखुसी खोला सतहमाथिको संरचना हटाउने अभियान मैह्पी मन्दिर स्थित विष्णुमती नदी जोड्ने ठाउँसम्म पुर्याउने छौं।’
- न्युज बहार संवाददाता