असार १०, बैतडी । गए रातिदेखि जयपृथ्वी राजमार्ग निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पर्ने बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।
यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका हुन ।
- न्युज बहार संवाददाता