Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सामाजिक सञ्जालहरू बन्द हुन भोलीसम्म समय लाग्ने इन्टरनेट सेवा प्रदायक संघको भनाई

  •   ११ महिना अघि | १९ भदौ २०८२, बिहिबार

भदौ १९, काठमाडौँ ।  नेपाल दूरसञ्चार प्राधिकरणले सूचीमा नपरेका सामाजिक सञ्जालहरू बन्द गर्न दिएको निर्देशनको कार्यान्वयनमा इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)ले भोलीसम्म समय लाग्ने जनाएको छ।

आईएसपानका अध्यक्ष सुधीर पराजुलीका अनुसार, सरकारको निर्णय र प्राधिकरणको निर्देशन कार्यान्वयन गर्न प्राविधिक तयारीको खाँचो रहेको भन्दै भोलिसम्मको समय लाग्ने बताए। उनले भने, प्राधिकरणको परिपत्र हामीले आधिकारिक रूपमा प्राप्त गरिसकेका छौँ, अब सामाजिक सञ्जाल बन्द गर्न प्राविधिक समिति गठनको प्रक्रिया अघि बढाउँदैछौँ, पूर्ण रूपमा बन्द गर्न भोलि साँझसम्म लाग्न सक्छ, आजै भने केही गरी सम्भव छैन।’

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, भदौ ५ गतेको मन्त्रिपरिषदको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठक र सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका २०८० को आधारमा २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न आईएसपानलाई निर्देशन दिएको थियो।

बन्द गरिने सामाजिक सञ्जालमा फेसबुक, एक्स (ट्विटर), फेसबुक मेसेन्जर, युट्युब, ह्वाट्सएप, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, मास्टोडन, इन्स्टाग्राम, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो रहेका छन्।

  • न्युज बहार संवाददाता

थप