Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नयाँ बर्षमा सबै चाड १५ दिन पछाडी सर्ने ।

२०८० सालमा चैते दसैं नै नहुने ।

  •   ४ वर्ष अघि | १ फाल्गुन २०७९, सोमवार

फागुन १, काठमाडौं । २०८० को नयाँ वर्षमा हिन्दुहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । कात्तिकमा नयाँ वर्षको दसैं पर्ने भएको छ भने असोजमा हरितालिका तीजको व्रत पर्न गएको छ ।

त्यसैगरी विजयादशमी यानकी दसैकि टिका कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो । त्यसै अनुरुप आउने वर्ष २०८० सालको तिहार पनि करिब १५ दिन पछी धकेलिएको छ ।

साउनमा अधिक मास(मलमास) पर्न गएकाले सोही बमोजिम अरु चाडहरु पछि सर्ने भएका हुन् । २०८० सालको असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ ।

यसरी धकेलिने क्रममा २०८० सालमा चैते दसैं नै नहुने भएको छ । २०८० सालको चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सर्ने भएको हो ।

थप