जेठ
२, भक्तपुर। भक्तपुरमा आइतवार साँझ भएको आगलागीमा करिब दुई करोड २९ लाख बराबरको
सामान जलेर नष्ट भएको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा आगलागी भएको थियो।
आगलागीबाट फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखाना समेत जलेर नष्ट भएको छ।
- न्युज बहार संवाददाता