Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कागबेनीमा बस्तीमा बाढी पस्दा घर, पक्की पुल र प्रहरी चौकी बगायो ।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौँ । कागबेनीमा बाढी पसेको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा बस्ती पसेको बाढीले एउटा निर्माणाधीन पक्की पुल, १५ घर र प्रहरी चौकी समेत बगाएको छ ।

कागखोलामा आइतबार राति करिब आठ बजेतिर आएको बाढीले उक्त भौतिक संरचनाहरुमा क्षति पुर्‍याएको हो । यसमा मानवीय क्षति भने भएको छैन ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार १५-१६ घर बगाएको छ । कागबेनी र छुसाङ जोड्ने पक्की पुल, कागबेनी प्रहरी चौकी र केही गाडीहरु पनि बाढीले बगाएको छ । कागबेनीको प्रमुख जिल्ला अधिकारी बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका थिए ।

प्रहरी चौकी बगाएपछी प्रहरीहरु अहिले गाउँपालिकाको भवनमा बसेका छन् ।

प्रजिअ केसीले छुसाङ र कागबेनी जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको जानकारी दिएका छन।

  • न्युज बहार संवाददाता

थप