Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चितवनमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

  •   २ वर्ष अघि | १२ असार २०८१, बुधबार

असार १२, काठमाडौँ । अहिले चितवनका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै चितवनका खोला तथा नदीहरमा बाढी आउने चेतावनी जारी गरेको छ ।

चितवनको माडीस्थित कल्याणपुर वर्षा मापन केन्द्र र आसपासमा पछिल्लो ३ घण्टामा १०४ मिलिमिटर वर्षा भएको र चर्चरेमा १०० मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

रिउखोला र यसका सहायक नदीहरूमा आकस्मिक बहावको सम्भावना देखिएकोले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखा अलर्ट जारी गरेको छ । बिशेष गरी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

  • न्युज बहार संवाददाता

थप