मंसिर २, धनगढी । विद्युत सर्ट भएर धनगढीमा भिषण आगलागी
भएको छ ।
शुक्रबार राति करिब १ बजेतिर धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा आगलागी भएको प्रहरीले जनाएको हो ।
विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले जानकारी दिएका छन।
एसपी पालका अनुसार स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी हुँदा धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत आगलागीबाट क्षति भएको छ। प्रहरीले क्षतिको यकिन विवरण प्राप्त नभएको जनाएको छ ।
- न्युज बहार संवाददाता