साउन ६, काठमाडौँ
। आज गुरु पुर्णिमा अर्थात आषाढ शुक्ल पूर्णिमा । गुरु पुर्णिमाको अवसरमा आज आफूलाई
शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।
वैदिक
कालदेखि नै व्यास जयन्ती वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म
जयन्तीका अवसरमा मनाउने गरिन्छ । व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने
गरिएको छ ।
आजका दिन
शिष्यहरूले आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा विभिन्न मिष्टान्न भोजनका
साथ श्रद्धाभाव प्रकट गर्ने, आफुले सकेको उपहार दिने परम्परा रही आएको छ ।
- न्युज बहार संवाददाता