Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले एक बिरामीको केसमा हदैसम्मको लापरबाही ।

पत्थरीको अप्रेशनका लागी घाँटीमा प्वाल पारेको आरोप ।

  •   ४ वर्ष अघि | १२ फाल्गुन २०७९, शुक्रबार

फागुन १२, काठमाडौं । टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले उपचारमा हदैसम्म लापरवाही गरेको एक बिरामीको आफन्तले आरोप लगाएका छन् ।

गणेशकुमार जलान वीरगञ्ज बस्ने ६१ बर्षीय व्यक्ति हुन जसले आइतबार पित्तथैलीमा रहेको पत्थरीको अप्रेशनका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । तर, उनका आफन्तले भने अनुसार चिकित्सकको लापरबाहीका कारण जलानको घाँटीमा प्वाल पारिएको छ ।

गणेशका छोरा अंकितले बताए अनुसार गत शुक्रबार एक चिकित्सकसँग शल्यक्रियाका बारेमा छलफल भएको थियो । छलफल अनुसार आइतबार भर्ना हुने र सोमबार पत्थरी निकालेर अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको थियो । तर, सामान्य अप्रेशन गरेर लेजर प्रविधिबाट समाधान हुने बिषयमा चिकित्सकले बिरामीलाई गम्भीर अवस्थामा पुर्याएको उनको आरोप छ ।

‘अप्रेशन अघि बिरामीलाई कुन रूपमा बेहोस बनाउनुपर्छ त्यो परीक्षण गरेर मात्रै गरिन्छ । तर, चिकित्सकले चेकजाँच नै नगरी बेहोस गरे’ उनले भने, ‘बिरामीको अवस्थालाई मूल्यांकन नगरी बेहोस बनाउँदा बाबालाई श्वासप्रश्वासमा समस्या भयो । चिकित्सकले घाँटीमा प्वाल पारेर पाइपमार्फत अक्सिजन दिए ।’

त्यसपछि दुई दिन भेन्टिलेटरमा बिरामीलाई राखियो र त्यसपछि आईसीयूमा सारेको अंकितले बताएका छन । ‘त्यस समयमा केही डाक्टरले गल्ती भएको पनि स्वीकार गरे र ग्राण्डी अस्पतालमा स्टफहरुले यो कुरा बाहिर नभन्नसमेत सल्लाह दिएका थिए । छोरा अंकितले भने, ‘सानो अप्रेशनलाई पनि यत्रो ठूलो गल्तीले बुबा गम्भीर अवस्थामा पुग्नुभयो ।’ आईसीयूमा पनि स्वास्थ्यकर्मीले राम्रो हेरचाह नगरेको उनको आरोप छ । हाल गणेशको उपचार ललितपुरको मेडिसिटी अस्पतालमा भइरहेको छ । ‘चिकित्सकहरुले लापरवाही भएको स्वीकार गरेका छन् । तर, लिखित रुपमा लिखितम दिएका छैनन।  अब म सम्बन्धित निकायमा उजुरी गर्ने बिरामीका छोरा अंकितले बताएका छन ।

यता उपचारमा संलग्न एक चिकित्सकले भने श्वासप्रश्वासमा समस्या भएको कारण घाँटीमा प्वाल पारिएको बताएका छन । उनले भनेका छन बिरामीको अप्रेशननै भएको छैन । उक्त चिकित्सकले भनेका छन ‘अप्रेशन गर्ने बेलामा बेहोस गर्नुपर्ने हुन्छ । श्वास नली अप्ठ्यारो रहेछ । बेहोस बनाउनका लागि पाइप हालेर ज्यान जोगाएका हौं’।

थप