जेठ ९,
काठमाडौँ। पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरलाई काठमाडौंमा भव्य स्वागत
गरिएको छ। सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्किएका हरिलाई त्रिभुवन
विमानस्थलमा स्वागत गरिएको हो।
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, थबाङी समाज, नेपाल मगर एसोसिएनलगायतका अन्यले बुढामगरलाई भव्य स्वागत गरेका छन। उनी यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका थिए।
बुढामगरले सगरमाथाको सफल आरोहण सँगै चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्।
- न्युज बहार संवाददाता