Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारले एनओसीमा गरेको कडाई फिर्ता, अब कक्षा १२ पछीको कोर्षहरुको लागी विदेश जान पाइने व्यवस्था।

  •   ४ वर्ष अघि | १४ बैशाख २०८०, बिहिबार

बैशाख १४, काठमाडौँ । सरकार विदेश अध्ययन गर्न गरिएको कडाईबाट पछि हटेको छ । केही समय अगाडी वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश अध्ययन गर्न जान कडाई गरेको थियो ।

सरकार र मन्त्रालयले ल्याएको उक्त निर्देशिकाको चौतर्फी विरोध र दबाबपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो।

सरकारले पहिले उक्त निर्देशिका जारी गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहका लागि मात्र विदेश पढ्न जान पाउने व्यवस्था गरेको थियो ।

मन्त्रालयले बुधबार यसअघिको व्यवस्थालाई संशोधन गरी सार्वजनिक गरेपछी उक्त निर्देशिका डिप्लोमा र एडभान्स डिप्लोमा पढ्नका लागि एनओसी दिने र अब कक्षा वा सो सरहभन्दा माथिको शिक्षा पढ्नको लागि पनि विदेश जान पाइने भएको छ। 

पहिले ल्याएको निर्देशिकामा कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने उल्लेख थियो । तर, सरकारले उक्त निर्णय फिर्ता लिएको हो । उक्त निर्देशिका फिर्ता लिएसँगै अब यि सबै खालको विषय अध्ययनको लागी विदेश जान पाईने भएको छ।

  • न्युज बहार संवाददाता

थप