Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फोहोरबाट ग्यास निकाली घरघरमा वितरण सुरु।

‘पैसा हालेर फोहोर किन्छौं भन्दा पनि चाहिने जति फोहोर पाउन सकेनौँ।

  •   ४ वर्ष अघि | २३ फाल्गुन २०७९, मङ्लबार

फागुन २३, दाङ। दाङको घोराही उपमहानगरपालिका को एक वडामा पाइपमार्फत् घर-घरमा बायो ग्यास पठाउन सुरू गरिएको छ। उपनगरपालिकाको वडा नं १३ को करौती डाडा भन्ने ठाँउको गाँउमा पाइपमार्फत् बायो ग्यास घर-घरमा पठउन थालिएको हो।

उपनगरपालिकाको स्थानीय गरूवा भन्ने गाउँका ३४ वटा घरमा पाइप जडान गरि पाइपमार्फत् ग्यास वितरण गरिएको छ। 

नेपाल उर्जा विकास कम्पनी प्लान्टका म्यानेजर रहेका हरिशरण श्रेष्ठले आसपासका अन्य गाउँघरमा पनि ग्यास वितरणको लागि पाइप विस्तार गर्ने कार्य सुरू भइसकेको जानकारी दिएका छन। 

बायो ग्यास प्लान्टबाट पाइपलाइन बिच्छाएर सिधै नजिक र आसपासका घरमा अहिले ग्यास वितरण सुरु गरिएको हो। ग्यास प्लान्टबाट पाइप जमिनमूनि बिच्छाएर घर-घरमा लगिएको छ। बिच्छाइएका सबै पाइप भारतबाट ल्याइएका हुन्। 

बायो ग्यास प्लान्ट फुलफेजमा सञ्चालन गर्नका लागि चाहेजति फोहोर पाउन नसक्दा समस्या भइरहेको म्यानेजर हरिशरण श्रेष्ठले बताएका छन। प्लान्टबाट दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको छ।  

प्लान्टलाई फुलफेजमा सञ्चालन गर्नको लागी दैनिक रुपमा २० टन फोहोर आवश्यक पर्ने हुन्छ तर जम्मा आधा टन फोहोर मात्रै पाउन सकेको उनले जानकारी दिएका छन।

म्यानेजर हरिशरण श्रेष्ठले भने  ‘पैसा हालेर फोहोर किन्छौं भन्दा पनि प्लान्टलाई पूर्ण रूपमा चलाउन चाहिने २० टन फोहर हामीले पाउन सकिरहेका छैनौं।’ 

  • न्युज बहार संवाददाता

थप