चैत २८, विराटनगर । विराटनगर महानगरपालिकालाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, गुट्खा खैनी, पानपराग, लगायतको सेवन गर्न निषेध गर्ने भएको छ।
महानगरका प्रमुख नागेश कोइरालाले नगरसभामा भएको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन समेत निषेध (नो हर्न) गर्न लागिएको बताएका छन।
- न्युज बहार संवाददाता