चैत
२, काठमाडौँ। आज बिहीबारदेखी काठमाडौँ महानगरपालिकाका सबै वडामा निःशुल्क कानूनी
परामर्श सेवा सुरु हुने भएको छ।
गत माघ
१७ गते नेपाल ल क्याम्पससँग सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको
विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिने बताइएको छ।
बुधबार
उनीहरूलाई सेवामा जानुअघि सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ।
ल क्याम्पसबाट सेवा उपलब्ध गराउनका लागि आएका
विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ। यस सेवाको लागि ल क्याम्पसबाट आएका
स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्।
काठमाडौँ महानगरपालिकाका अनुसार हरेक वडामा एक
जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिएको छ भने बाँकी १५ जनालाई
वैकल्पिक सूचीमा राखिएको छ।
हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा
कक्ष सेवा प्रदान गर्नका लागि स्थापना गरिसकिएको छ।