Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कार दुर्घटनामा चार जना भारतिय नागरिकको मृत्यु।

  •   ४ वर्ष अघि | २९ चैत्र २०७९, बुधबार

चैत २९, सिन्धुली । मंगलबार राती सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ गढी गेट नजिक कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ।

उक्त दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको जानकारी प्राप्त भएको ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले गए राति १२:३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको बताए।

गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौ‌ पठाउने तयारी रहेको उनले बताएका छन।कारमा पाँच जना सवार थिए।

मृत्यु भएका चारै जना पुरुष रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले बताएका छन।

राजमार्गको भिर भएको स्थानबाट कार सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो। भिरमा जान सहज नभएका कारण शव निकाल्न ढिला भएको उपरीक्षक राजकुमार सिलवालले जानकारी गराएका छन।

  • न्युज बहार संवाददाता

थप