साउन १६,
काठमाडौँ । सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामीप्यमा आधारित नेपाल र चीनबिचको
सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको प्रधानमन्त्री
केपी शर्मा ओलीले बताएका छन् ।
प्रधानमन्त्री
ओलीले आज नेपाल र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको
७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आयोजित कार्यक्रममा बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा
आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको उल्लेख गरेका छन।
उनले शान्तिपूर्ण
सहअस्तित्वका पाँच सिद्धान्तहरू आपसी सम्बन्धको आधार रहेको स्पष्ट
गरेका छन।
- न्युज बहार संवाददाता