फागुन
३०, काठमाडौँ। काठमाडौँ र धनकुटामा गरेर पाँच जना व्यक्ती लागुऔषधसहित पक्राउ
परेका छन्। अवैध
लागुऔषध गाँजा २१ किलोग्रामसहित धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित
सडकबाट २ जनालाई पक्राउ गरिएको हो।
त्यस्तै
धनकुटाको आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित मुग्लिङ पुल जिपबाट मंगलबार बिहान
प्रहरीले फेनरागन १ सय १५ एम्पुल, डाईजेपाम १ सय १५ एम्पुल र नुर्फिन १ सय १५ एम्पुलसहित ३
जनालाई पक्राउ गरेको छ ।
भैरहवाबाट
पोखरातर्फ जाँदै गरेको बसलाई जाँच गर्ने क्रममा अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुल
जिपबाट खटिएको प्रहरीले ना।५ ख १८२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित
फेला पारी पक्राउ गरेको हो ।
- न्युज बहार संवाददाता