Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

भूकम्पले चर्किएका संरचना भत्किँदा पाँच जना घाइते

  •   २ हप्ता अघि | १ मंसिर २०८०, शुक्रबार

मंसिर १, जाजरकोट । जाजरकोटलाई केन्द्रबिन्दु बनाइ कात्तिक १७ गते मध्यराति गएको विनाशकारी भूकम्पका कारण चर्किएका संरचनाहरू फेरि भत्किँदा दुई जिल्लामा पाँच जना घाइते भएका छन्। 

जाजरकोटमा एक र रूकुम पश्चिममा चार गरी पाँचजना घाइते भएका हुन । 

जाजरकोटमा चर्किएको संरचनाभित्र तिहारको टीका लगाइ रहेका उनीहरूमाथि घरका डाँडाभाटा झरेर चोटपटक लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले जनाएका छन भने रूकुम पश्चिममा चर्किएको घर छेउबाट हिड्ने क्रममा घरको ढुङ्गा खसेर एक जना घाइते भएका हुन।

स्थानीय प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई भूकम्पले चर्किएका, भत्किएका संरचना नजिक वा भित्र नजान आग्रह गर्दै आएको छ। 

  • न्युज बहार संवाददाता

थप