चैत २९, चितवन । बुधबार दिउँसो चितनवको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जगतपुरमा रहेको सो रिसोर्टको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिएको छ ।
आगालागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।
- न्युज बहार संवाददाता