जेठ ६, गुल्मी । गुल्मी जिल्लामा रहेको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा ठुलो डढेलो लागेको छ । रेसुङ्गा नगरपालिकाको वडा नम्बर-८ मा पर्ने खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि नै भीषण डढेलो लागिरहेको छ जसले गर्दा खानिगाउँ जोखिममा परेको छ।
डढेलो नियन्त्रणका लागि सुरक्षा कर्मी, स्थानीय, जनप्रनिधिहरु परिचालन भए पनि नियन्त्रणमा भने आउन सकेको छैन् ।
रेसुङ्गा नरगपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले हिजो शुक्रबार बेलुकी डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगे पनि नियन्त्रणमा ल्याउन नसकिएको बताएका छन ।
डढेलो नियन्त्रणका लागी आज पनि प्रयास जारी रेहेको वडाअध्यक्ष काउछाले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता