Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : नक्कली प्रमाणपत्र पेस गरि एमबिबिएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ ।

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

भदौ १, काठमाडौँ । चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबिबिएस पढ्दै गरेका एक विद्यार्थी चितवन मेडिकल कलेजबाट पक्राउ परेका हुन । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बिहीबार राति चितवनबाट सप्तरीको राजविराज-७ ठेगाना भएका विद्यार्थीलाई पक्राउ गरेको हो। 

उक्त विद्यार्थी चितवन मेडिकल कलेजमा एमबिबिएसको अन्तिम सेमेष्टरमा पढ्दै गरेको बताइएको छ ।

उनले काठमाडौँको सेन्ट जेभियर्स कलेजबाट एमबीबीएस अध्ययनका लागि आइएससी पास भएको प्रमाणपत्र पेस गरेको बताइएको छ । 

  • न्युज बहार संवाददाता

थप