भदौं १८,
काठमाडौँ । आज मंगलबार बिहानेदेखि काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा अपराह्न
४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।
मंगलबार
बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण
केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल
तान्ने कार्य गर्न लागिएको हुँदा विद्युत् अवरुद्ध हुने भएको हो ।
प्राधिकरणले
जारी गरेको सुचना अनुसार अनामनगर पुर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरबार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडी,प्रभु बैङ्क अगाडी
धोवीखोलाहुदैं सेतोपुल मैतीदेवी जाली कारखाना, घटेकुलो एरिया र गोर्खा एफएम
सम्मको विद्युत् सेवा अवरुद्ध हुने छ ।
- न्युज बहार संवाददाता