साउन ५, काठमाडौँ। काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित हुने भएको छ।
टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेकोले दुई जिल्लाका केही स्थानमा विद्युत प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
पहिलो चरणको टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडर अन्तर्गतका गुसिगाल, सानेपा राम मन्दिर, अमरावती, एडभान्स कलेज, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ।
त्यसैगरी दोस्रो चरणमा पुल्चोक फिडर अन्तर्गतका झम्सीखेल, बल्खु, ठाडोढुंगा र पुल्चोक क्षेत्रमा विद्युत प्रभावित हुनेछ।
त्यस्तै ज्ञान तीर्थ मार्ग कालीमाटी
सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा त्यसैगरी
टेकूदेखि पचली भैरव, उद्योग
वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली
स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक
क्याम्पसम्म, महतो मार्ग, भैँसेपाटी
आवास, भैँसेपाटी
चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार
हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरूद्ध हुने
प्रधिकरणले जानकारी दिएको छ।
- न्युज बहार संवाददाता