जेठ २९, काठमाडौँ । बाजुरामा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको जनाएका छन ।
- न्युज बहार संवाददाता