जेठ १४, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले हिरासतमा छन । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी हिरसातमा राखेको छ ।
उनले
अहिले हिरासतबाटै आफू चाँडै फर्कने बताएका छन् । आज बुधबार प्रसाईंले सामाजिक
सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू चाँडै बाहिर निस्किने बताएका हुन् ।
उनले
नेपाल र नेपाली जनतामाथि अपराधीहरुले गणतन्त्रको नाममा गरेको अत्याचार, भ्रष्टाचार, तस्करी, विरुद्ध बोली रहने र लडिरहने
समेत आफ्नो स्टाटस मार्फत बताएका छन् ।
- न्युज बहार संवाददाता